भाग्यले बाँचे चालक र खलासी
जलपाईगढी। असमदेखि सिलगढ़ीगामी एउटा २२ चक्के लरी दशदरगा क्षेत्रमा पुग्दा अनियन्त्रित भएर खाडलमा झर्न पुगे।
घटना जलपाईगढी संलग्न ३१ सी राष्ट्रिय राजमार्ग दशदरगा क्षेत्रमा भएको हो।
स्थानीय बासिन्दाहरुले जनाए अनुसार अचानक ठूलो आवाज सुनेर हेर्न जाँदा सड़क किनारी ठूलो लरी पल्टिएको थियो भने उक्त लरीको चालक र खलासीलाई स्थानीय बासिन्दाहरुले उद्धार गरेको थियो।
तर दुवै चालक र खलासी नशामा धुत रहेको मानिसहरुले जनाएका छन्।
घटनाको सूचना पाएर घटनास्थलमा जलपाइगढी कोतवाली थानाको पुलिसबल पुगेर क्रेनको मदतमा लरीलाई सिधा उठाएको थियो।
About Author
Post Views: 66