फाइनलमा मिरिक गोपालधारा र रोहिनी सेवेनबीच भिड़न्त तय

IMG-20240119-WA0255.jpg

१९ जनवरीः रोहिनी युथ क्लबको तत्त्वावधानमा आयोजित शहीद मिलन तामाङ स्मृति ओपन मिनी पोस्ट नक्आउट फूटबल टुर्नामेण्टको फाइनलमा मिरिक गोपालधारा र रोहिनी सेवेनबीच भिड़न्त हुनेछ । रोहिनी लेकमाथि स्थित गैरी गाउँ खेल मैदानमा बिहीवार भएको पहिलो सेमिफाइनल म्याचमा मिरिक गोपालधाराले चैतेपानीलाई पेनल्टी शूटआउटमा २-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसरी शुक्रवार दोस्रो सेमिफाइनल म्याचमा रोहिनी सेवेनले सुकना युनाइटेडलाई १-०-ले पराजित गऱ्यो। अब २१ जनवरीमा हुने टुर्नामेण्टको फाइनलमा मिरिक गोपालधारा र रोहिनी सेवेनबीच भिड़न्त हुनेछ।

यस फोर ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement