पेरिस ओलम्पिकमा स्थान बनाउनदेखि चुक्यो भारतीय महिला हकी टीम

photocollage_2024119234628692.jpg

नयाँ दिल्ली, १९ जनवरीः भारतीय महिला हकी टीमको यस साल पेरिसमा हुने ओलम्पिकमा खेल्ने सपना भताभुंगै भयो। भारतीय टीमले शुक्रवार राँचीमा खेलिएको एफआईएच महिला हकी ओलम्पिक क्वालीफायरमा तेस्रो स्थानको प्लेअफ् म्याचमा जापान विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। यसरी भारतीय महिला हकी टीम २०१६ पछि पहिलोपल्ट ओलम्पिकको निम्ति क्वालीफाई गर्न असफल रह्यो। भारतीय टीमले यसअघि सेमिफाइनलमा जर्मनी विरुद्ध हारको सामना गर्नु परेको थियो। सेमिफाइनलमा जर्मनी विरुद्ध हारपछि भारतीय टीमसँग आज ओलम्पिकको निम्ति क्वालीफाई गर्ने दोस्रो मौका थियो तर टीमले त्यस मौकाको फाइदा उठाउन सकेन। भारतीय टीम टुर्नामेण्टमा चौथो स्थानमा रह्यो। भारतीय टीमले यसअघि जापान विरुद्ध आफ्नो पाँचैवटा म्याच जितेको थियो तर आज टीमले जीतको लयलाई कायम राख्न सकेन। आज जापानको तर्फबाट म्याचको एकमात्र गोल उराता कानाले गरिन्। उनले छैटौं मिनटमै आफ्नो टीमलाई बढ़त दिलाइन्, जुन अन्तमा निर्णायक साबित भयो। उल्लेखनीय छ, भारतीय महिला हकी टीमले १९८० पछि २०१६-को ओलम्पिकमा हिस्सा लिएको थियो। साल २०१६ पछि टीमको प्रदर्शनमा धेरै सुधार भएको थियो अनि २०२२-मा त भारतले चौथो स्थान पनि हासिल गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *