सिटिजन एक्सन पार्टी छवटै जिल्लामा माइकिङद्वारा प्रचार प्रसार

IMG-20230410-WA0169-11-300x172-5

गान्तोक: सिटिजन एक्सन पार्टी- सिक्किमले विगत एक हप्तामा सिक्किमको प्राय: छवटै जिल्लाहरूमा माइकिङद्वारा सिटिजन एक्सन पार्टीको सन्देश गाउँ, बस्ती, बजार सबैतिर प्रचार गर्ने काम गरेको छ।

पाक्योङ जिल्लाले केही दिनअघि शुरू गरेको यो माइकिङद्वारा प्रचार प्रसार कार्यक्रमलाई अन्य पाँच जिल्लाहरूले पनि व्यापक रूपमा प्रयोग गर्दै सिक्किमका हरेक कुना कन्दारामा पार्टीको बिचार साथै सन्देश पुऱ्याउने कार्य सम्पन्न गरेको आज जारी एक प्रेस विज्ञप्तिमा बताइएको छ।

यसै सिलसिलामा दक्षिण सिक्किमको नाम्ची जिल्लाले पनि जिल्ला अन्तर्गत सातवटा क्षेत्रमा माइकिङ गरेर पार्टीको सन्देश बाड्ने काम सम्पन्न गरेको छ। एक साल अघि मात्र गठन भएको सिटिजन एक्सन पार्टी सिक्किम, चुनाउ आयोगद्वारा पञ्जिकृत गरिएको साथै चुनाउ चिन्ह (नागरिक) पाइसकेको खबर व्यापक रूपमा सार्वजनिक गर्दै सिटिजन एक्सन पार्टी- सिक्किम आर्थिक सुधारको पक्षधर रहेकाले पार्टीले आफ्नो प्रचारप्रसार गर्ने निर्णय लिएको बताइएको छ।

माइकिङ गर्दै जाँदा प्राय: सबै गाँउघरको स्थितिबारे जायजा लिने काम कार्यकर्ताहरुले गरेको प्रेस विज्ञप्तिमा बताइएको छ। धेरै ठाउँमा सरकारको कुनै योजना नागरिकसम्म नपुगेको साथै केही सत्तारूढ पार्टीका कार्यकर्ताहरूले मात्र सरकारबाट फाइदा उठाएको कुरा जनसाधारणले माइकिङ टोली समक्ष राखेको दाबी गरिएको छ। बाटो, सडक, पानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता बुनियादी सुविधाबाट पनि बन्चित रहनुपरेको अवस्थामा यो माइकिङ कार्यक्रमले धेरै नागरिकलाई जागरुक गराएको साथै आउने चुनामा नागरिकले ठूलो भुमिका निर्वाह गर्ने वचन पार्टीका कार्यकर्याहरुले विभिन्न ठाउँबाट पाएको दाबी गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement