पाकिम: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई लिएर हाल राज्यको छवटै जिल्लामा प्रीसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजना भइरहेको छ।
यसै क्रममा आज पाकिम जिल्लामा प्रीसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर पहिलो चरणको प्रशिक्षण कार्यक्रम आयोजना गरियो।
नयाँ ब्याचका प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक तालिम दिइएको थियो। पहिलो चरणमा अतिरिक्त जिल्लापाल धिराज सुबेदीले प्रशिक्षण प्रदान गरे भने दोस्रो चरणमा वन विभागका अतिरिक्त सचिव अभिनाष राईले प्रशिक्षण दिएका थिए। प्रशिक्षण सत्रमा मतदान केन्द्र, नियन्त्रण कक्ष, सञ्चार व्यवस्था लगायतका विभिन्न विषयहरू समेटिएको थियो। मतदानको अघिल्लो दिन कार्यहरू, सेल फोन को प्रयो, लाउडस्पीकर निषेध, महिला र मतदाताहरूको लागि सुविधा आदि समावेश गरिएको थियो। कार्यक्रममा जिल्लापाल टाशी छोपेलले
निर्वाचन अधिकारीले मतदान, भूमिका र जिम्मेवारीहरूको बारेमा जानकारी दिए। उनले प्रशिणार्थीहरूलाई सक्रिय रुपमा सहभागी भई निर्वाचनको दिन र त्यसको व्यवस्थाका बारेमा आशंका हटाउन समेत सुझाउ दिए।