गान्तोक: राज्यका शिक्षा विभाग मन्त्री कुङ्गा निमा लेप्चाले आज पुरस्कृत शिक्षकहरूलाई एक्सपोजर भ्रमणको निम्ति झण्डा हल्लाएर प्रस्थान गराए। आज राजधानीस्थित एसएनटी परिसरबाट उनले झण्डा हल्लाएर प्रस्थान गराएका हुन्।
उल्लेख्यनी छ, गत ५ सेप्टेम्बर २०२२ को दिन राज्यका मुख्यमन्त्री तामाङले पुरस्कृत शिक्षकहरूलाई एक्सपोजर भ्रमणको निम्ति पठाउने घोषणा गरेका थिए। मुख्यमन्त्रीको उक्त घोषणालाई कार्यान्वयन गर्दै राष्ट्रिय पुरस्कारले पुरस्कृत शिक्षकहरूलाई आज देशका विभिन्न भागमा भ्रमणको निम्ति पठाइएको छ। यस प्रकारको भ्रमण कार्यक्रमले देश र विदेशका विभिन्न विद्यालय शिक्षा प्रणालीहरूमा शिक्षकहरूलाई एक्सपोजर सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।
शिक्षकहरूको लागि एक्सपोजर भ्रमणको मुख्य उद्देश्य विभिन्न शैक्षिक अभ्यासहरू, विधिहरू, वातावरण र उत्कृष्ट अभ्यासहरूको अध्ययन र यसको प्रतिकृतिमा पहिलो हात अनुभव र अन्तरदृष्टि प्रदान गरेर उनीहरूको व्यावसायिक विकासलाई बढाउनु हो। यो एक्सपोजर भ्रमणको दोस्रो संस्करण हो। राज्य र प्रशंसा पुरस्कार प्राप्त शिक्षकहरूलाई ११ दिनको एक्सपोजर भ्रमणको लागि तमिलनाडु र केरला पठाइएको छ, जहाँ उनीहरूले विभिन्न सरकारी शैक्षिक संस्थाहरूको भ्रमण गर्नेछन् र शिक्षण र सिकाइ प्रक्रिया, सांस्कृतिक गतिविधिहरू र ऐतिहासिक अभ्यासहरूको विचार आदानप्रदान गर्नेछन्।
शिक्षा प्रणालीलाई अझ बलियो बनाउन सिक्किममा यसलाई लागू गर्न सकिन्छ। शिक्षकहरूलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले आफ्नो न्यानो अभिवादन र शुभकामना व्यक्त गरे र उनीहरूले नयाँ विचारहरू सिक्ने र सिक्किममा लागू गर्ने विश्वास व्यक्त गरे। राष्ट्रिय पुरस्कारले पुरस्कृत शिक्षकलाई यसै महिनाको अन्त्यमा १० दिने भ्रमणका लागि विदेश पठाइने अवगत गराए।