नक्सलबारी: १८ गाई र ४ भैँसीसहित एक जना पक्राउ परेका छन्। एसएसबीका जवानले नक्सलबारी भारत–नेपाल सीमानाका ताराबारी र नयाँबस्तीका दुई फरक–फरक क्षेत्रमा अपरेशन गरी उक्त गाई–भैंसी बरामद गरेका हुन्। अभियुक्तको नाम मोहम्मद अन्जारुल हो। उनी नक्सलबारी तोतारामजोतका बासिन्दा हुन्। एसएसबीको आठौं गणका जवानले नेपाल–भारत सीमामा रहेको ताराबारीमा अपरेशन गरी १० गाई र ४ वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको बताइएको छ। यसबाहेक नयाँबस्ती क्षेत्रबाट एसएसबीले थप ८ गाई बरामद गरेको छ। बरामद गाई–भैंसीसहित पक्राउ परेका युवालाई नक्सलबारी पुलिसको जिम्मा लगाइएको छ। आज आरोपीलाई सिलगढी डिभिजनल कोर्टमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।