निजी विद्यालयको बससँग सिमेन्ट बोकेको ट्रक ठोक्कियो

IMG-20240119-WA0165.jpg

सिलगढी: सिलगढीको असिघर क्षेत्रमा सिमेन्ट बोकेको ट्रकले स्कुल बसलाई ठक्कर दिएको छ। यो दुर्घटनामा विद्यालयका केही विद्यार्थी घाइते भएका छन्। शुक्रबार दिउँसो बिदापछि अङ्ग्रेजी माध्यमका विद्यालयका विद्यार्थी लिएर फर्कदै गरेको बस पूर्वी बाइपास–आशिघर मोड हुँदै घुघुमालीतर्फ जानुपर्ने थियो। सोही क्रममा एनजेपी दिशाबाट आउँदै गरेको सिमेन्ट बोकेको ट्रकले बसलाई ठक्कर दिएको थियो। बसमा सवार केही विद्यार्थीलाई दुर्घटनामा सामान्य चोटपटक लागेपछि उनीहरुलाई अर्को बसबाट घर पठाइएको थियो।

यता, घटनापछि बसका मालिकले असिघर थानामा लिखित उजुरी दिएका छन्। सिमेन्ट बोकेर ट्रकका चालकलाई असिगर पुलिसले पक्राउ गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *