जलपाईगढी: अखिल कामतापुर विद्यार्थी संघ (एकेएसयु)का सदस्यहरूले पश्चिम बंगालको जलपाईगढी जिल्लामा प्रदर्शन गरे। आफ्ना विभिन्न मागलाई लिएर यस संघका कार्यकर्ताले आन्दोलन गरिरहेका छन्। यसमा छुट्टै राज्यको माग पनि समावेश छ। प्रदर्शनकारीहरूले शुक्रबार बिहान रेलमार्ग अवरुद्ध गरे। जसका कारण धेरै रेलको आवतजावत अवरुद्ध भयो। यस अवधिमा वन्दे भारत ट्रेन पनि बाटोमा रोकिएको थियो। ठूलो संख्यामा मानिसहरु रेलवे ट्र्याकमा पुगेर नाराबाजी गरिरहेको पनि देखियो । उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध जनाए। अधिकारीहरूले बताएअनुसार, उत्तरपूर्वी सीमा रेलवेको न्यू जलपाईगढी-न्यू बोंगाईगाउँ ब्लकको बेटगारा स्टेशनमा नाकाबन्दी बिहान सात बजे शुरु भयो। नाकाबन्दीका कारण सबै महत्वपूर्ण रुटमा रेल सेवा अवरुद्ध भएको बताए। प्रभावित रेलहरूमा नयाँ जलपाईगढी-गुवाहाटी वन्दे भारत एक्सप्रेस समावेश रहेको बताइएको छ। रेलवे सुरक्षा बलका अधिकारीहरू र राज्य पुलिसले प्रदर्शनकारीहरूसँग कुरा गरेर उनीहरूलाई ट्र्याकबाट बाहिर जान मनाउन प्रयास गरे।