अयोध्याधामः अयोध्याधाम आफ्नो आराध्य भगवान श्रीरामको स्वागतको निम्ति तयार छ। २२ जनवरीमा रामललाको प्राण प्रतिष्ठाभन्दा अघि सात दिवसीय अनुष्ठान शुरू भएको छ। यो अनुष्ठानको आज चौथो दिन हो। आज, शुक्रवार बिहान ९ बजी अरणिमन्थनबाट अग्नि प्रकट गरियो। यस अघि गणपति आदि स्थापित देवताहरूको पूजन, द्वारपालहरूद्वारा सबै शाखाहरूको वेदपारायण, देवप्रबोधन, औषधाधिवास, केसराधिवास, धृताधिवास, कुण्डपूजन र पञ्चभूसंस्कार सम्पन्न गरियो।
कार्यक्रम अनुसार, अरणिमन्थनबाट प्रकट अग्निको कुण्डमा स्थापना, ग्रहस्थापना, अंसख्यात रुद्रपीठास्थापन, प्रधानदेवतास्थापन, राजाराम-भद्र- श्रीरामयंत्र-बीठदेवता-अङ्गदेवता-आवरणदेवता-महापूजा, वारुणमण्डल, योगिनीमण्डलस्थापन, क्षेत्रपालमण्डलस्थापन, ग्रहहोम, स्थाप्यदेवहोम, प्रासाद वास्तुश्शान्ति, धान्याधिवास सायंकालिक पूजन एवं आरती गरिने छ।
यस अघि बिहिवार गर्भगृहबाट भगवान रामको बालरूप मूर्तिको पहिलो तस्वीर अघि आइसकेको छ। तर, मूर्ति अहिले ढाकिएको छ। मूर्तिलाई २१ जनवरीसम्म जीवनदायी तत्वहरूबाट सुवासित गरिने छ। गर्भगृहमा भगवान चलसॅंग अचल स्वरूपमा पनि विराजमान हुनेछन्। दुवै प्रतिमा बुधवार नै परिसरमा पुगिसकेको छ। सुवासितको क्रम बिहिवारदेखि शुरू भइसकेको छ।
-हिस