नयॉं दिल्लीः देशमा चलिरहेको विकसित भारत संकल्प यात्रा अन्तर्गत आजसम्म ग्राम पञ्चायत र शहरी स्थानीय निकायहरूमा दुई लाखभन्दा धेरै स्वास्थ्य शिविरहरू लगाइएका छन्। यी शिविरहरूमा आउने मानिसहरूको संख्या ५ करोडभन्दा धेरै रहेको बताइएको छ। केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार, यी शिविरहरूमा २.६१ करोडभन्दा धेरै आयुष्मान कार्ड बनाइयो र २.६२ करोडभन्दा धेरै जनाको टीबी जॉंच गरियो। यसका साथै लगभग १० लाख जनालाई उच्च सार्वजनिक स्वास्थ्य सुविधानमा पठाइएको छ। यी शिविरहरूमा सिकल सेल रोगको निम्ति ३१.३४ लाखभन्दा धेरै जनाको जॉंच गरियो र ६०,९०० जनालाई उच्च सार्वजनिक स्वास्थ्य सुविधाहरूको निम्ति रेफर गरियो। स्वास्थ्य शिविरहरूमा आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना (एबी-पीएमजेएवाई) अन्तर्गत आयुष्मान एपको उपयोग गरेर आयुष्मान कार्ड बनाइॅंदैछ र लाभार्थीहरूलाई भौतिक कार्ड वितरण गरिॅंदैछ। अहिलेसम्म ४८,९६,७७४ कार्ड वितरण गरिएका छन्।
-हिस










