रक्षा मन्त्री राजनाथले जोशीमठ मलारी हाईवेमा बनेको नयॉं पुलिसहित अन्य परियोजनाहरूको लोकार्पण गरे

nat-1

देहरादूनः केन्द्रिय रक्षा मन्त्री राजनाथ सिंह शुक्रवार जोशीमठको ढाक पुगे। रक्षा मन्त्रीले यहॉं भारत चीन सीमालाई जोड्ने जोशीमठ मलारी हाईवेमा बनेको पुलसहित देशका विभिन्न ठाउॅंहरूमा विभिन्न परियोजनाहरूको लोकार्पण गरे। कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि उपस्थित थिए।

रक्षा मन्त्रीले बीआरओद्वारा निर्माण गरिएको जोशीमठ मलारी हाईवेमा पुलको लोकार्पण गरे। यसै स्थलबाट उनले देशका विभिन्न ठाउॅंहरूमा तयार २८ पुल र छ सडक मार्गहरूको भर्चुअल माध्यमद्वारा लोकार्पण गरे। रक्षा मन्त्रीको भ्रमणलाई लिएर पुलिस प्रशासनले सुरक्षाको कडा बन्दोबस्त गरेको छ।

-हिस

About Author

Advertisement