काठमाडौ: लोकप्रिय गीतकार दयाराम पाण्डेयको शब्द ‘सम्झना..’ बोलको नयाँ गीत बजारमा आएको छ। गीतमा स्वर इण्डियन आइडल–३ का उपविजेता अमित पलले दिएका छन्। गीत मार्फत गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन्। छिट्टै नै सांगीतिक कार्यक्रमको सिलसिलामा नेपाल आउन चाहेको र नेपाली दर्शक श्रोताहरुसँंग साक्षात्कार गर्न आफू निकै नै उत्सुक भएको उनले बताए। ‘यो गीत शब्द संगीतका हिसाबले निकै नै उत्कृष्ट रहेको छ’ उनले भने, ‘यसलाई सुनेर र यसको भिडियो हेरेर प्रतिक्रिया दिनुहोला।’कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन गरेका हुन्। सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादनमा गीतको म्यूजिक भिडियो तयार भएको छ। विशाल गुरुङको निर्देशन रहेको भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जनको अभिनय छ।











