प्रधानमन्त्री मोदीले महाराष्ट्रको सोलापुरमा देशको सबैभन्दा ठूलो श्रमिक आवासीय परियोजना राष्ट्रलाई समर्पित गरे

nat-1

सोलापुरः प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार बिहान १०:४० बजी महाराष्ट्रको सोलापुरमा विकास परियोजनाहरूको उद्घाटन गरे। साथै, सोलापुरको कुंभारीमा असंगठित क्षेत्रका श्रमिकहरूको निम्ति बनेका घरहरूको पनि उद्घाटन गरे। यो देशको सबैभन्दा ठूलो श्रमिकहरूको निम्ति बनाइएको आवासीय परियोजना हो। यस अवसरमा राज्यपाल रमेश बेस, उप मुख्यमन्त्री देवेन्द्र फडणवीस, अजित पवार, शिक्षामन्त्री चन्द्रकान्त पाटील र अन्य वरिष्ठ नेताहरू उपस्थित थिए।

प्रधानमन्त्री आवास योजना अन्तर्गत असंगठित क्षेत्रका श्रमिकहरूको आवासीय परियोजना ३५० एकड क्षेत्रफलमा फैलिएको छ। यहॉं कुल ८३४ भवन र ३० हजार फ्ल्याट छन्। यो देशको सबैभन्दा ठूलो श्रमिक कलोनी हो। प्रधानमन्त्री मोदीले ९ जनवरी, २०१९ मा यस परियोजनाको आधारशिला राखेका थिए। लगभग पॉंच सालपछि प्रधानमन्त्री मोदीले आफ्नो वचन पूरा गर्दै यो परियोजना राष्ट्रलाई समर्पित गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement