केन्द्रिय गृहमन्त्री अमित शाह आइतवार छग विधानसभामा आयोजित कार्यक्रममा सामेल हुने

nat-1

रायपुरः केन्द्रिय गृहमन्त्री अमित शाह एकदिवसीय छत्तीसगढ भ्रमणमा २१ जनवरी दिउॅंसो २ बजी राजधानी रायपुर पुग्नेछन्। उनी विधानसभामा आयोजित कार्यक्रमहरूमा सामेल हुनेछन्। भोलि सॉंझ नै उनी दिल्ली फर्किने छन्। केन्द्रिय गृह सचिव अजय कुमार भल्ला पनि उनीसॅंग जानेछन्।

जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार, केन्द्रिय गृहमन्त्री शाह नयॉं विधायकहरूको निम्ति विधानसभामा हुने प्रबोधन कार्यक्रममा सामेल हुनेछन्। समिति कक्षमा ‘वामपंथी उग्रवाद (एलडब्ल्यूई)’ माथि एक समीक्षा बैठकको पनि अध्यक्षता गर्नेछन्। बैठकमा राज्यको नक्सल प्रभावित क्षेत्रहरूको विकासको निम्ति सरकारको प्रतिबद्धता र वामपंथी उग्रवादको खतरालाई लिएर चर्चा हुनेछ। बैठकमा मुख्यमन्त्री विष्णुदेव साय, राज्यका गृहमन्त्री विजय शर्मा तथा केन्द्रिय गृह सचिव, केन्द्रिय सशस्त्र पुलिस बलका शीर्ष अधिकारी र केन्द्र अनि राज्य सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित रहनेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement