सिलगढी: प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमद्वारा आज कालेबुङसहित १२ राज्यका २६ स्थानहरूमा एफएम ट्रान्समीटर केन्द्रहरूको शिलान्यास गरे। यसका साथै उनले आज आठ राज्यहरूका १२ वटा एफएम ट्रान्समीटर केन्द्रहरूको उद्घाटन पनि गरे। तमिलनाडुको राजधानी चेन्नई स्थित जवाहरलाल नेहरू स्टेडियममा आयोजित खेलो इण्डिया गेम्सको उद्घाटन पछि प्रधानमन्त्री मोदीले यी एफएम ट्रान्मीटर केन्द्रहरूको उद्घाटन शिलान्यास गरेका हुन्। उनले दुरदर्शन तमिल सेवालाई पनि सेवमा समर्पित गरे। यसका साथै जम्मू-कश्मीरमा चार वटा दुरदर्शन रिले केन्द्रको पनि उनले उद्घाटन गरे। आज उद्घाटन गरिएका यी १२ एफएम रिले ट्रान्मीटर केन्द्रहरूले देशका एक करोड चालीस लाख आवादीलाई कभर गर्नेछ। यसका साथै कूल एफएम रिले ट्रान्समीटरहरूले अब देशको ६५ देखि ७८ प्रतिशत आवादीलाई कभरेज गर्नेछ। डीडीको चार ट्रान्समीटर केन्द्रले १८४८ किलोमीटर अतिरिक्त क्षेत्र तथा चार लाख पचास हजार भन्दा अधिक आवादीलाई कभर गर्नेछ।
कालेबुङको एफएम रिले ट्रान्समीटर केन्द्रको यस शिलान्यास अवसरमा सांसद राजु बिष्टको विशेष उपस्थित थियो। आकाशवाणी सिलगढीबाट क्लस्टर हेड तथा डीडीई जितेन कुमार राय, खरसाङबाट कार्यक्रम प्रमुख पारस आले, आकाशवाणी सिलगढी तथा डीडी जलपाईगढीका कार्यक्रम प्रभारी योगेन्द्रराज सुन्दास, आकाशवाणी खरसाङका समाचार एकांशका समाचार प्रभारी अशोक चौरसियासहित आकाशवाणीका अन्य अधिकारीहरू उपस्थित थिए।










