रिषड़ामा शूट आउट, युवकमाथि अन्धाधुन्ध फाइरिङ

IMG-20230410-WA0169-11-300x172-5

हुगलीः हुगली जिल्लाको रिषड़ा नगरपालिकाको सात नम्बर वार्डको गोसाई बागान क्षेत्रमा अज्ञात बदमाशहरूले बिहिवार राति एक युवकमाथि उसको घर छेवैमा अन्धाधुन्ध गोली चलाए। घटनाको खबर सुनेर युवकका परिवारका सदस्यहरू घटनास्थलमा आइपुगे अनि युवकलाई श्रीरमापुर वाल्श अस्पताल पुऱ्याए, जहॉबाट चिकित्सकहरूले कोलकाता रेफर गरे।

घाइते युवकका परिवार अनुसार, अहिले युवकको उपचार एसके अस्पतालमा चलिरहेको छ। गोलीहरू निकालिएका छन्। युवकको स्थिति गम्भीर रहेको छ। पुलिस सूत्रहरू अनुसार, युवकको नाम दीपक जायसवाल (२४) हो। उनी हेस्टिङ्ग्स जूट मिलमा कार्यरत छन्। घटनाको खबर सुनेर रिषडा नगर पालिकाका चेयरमेन र स्थानीय पार्षद विजय सागर मिश्रा पनि आइपुगे।

पुलिस सूत्रहरू अनुसार, युवकको आपराधिक रेकर्ड रहेको छ। उनी पहिले एक हत्याको मामिलामा जेल गइसकेका छन्। पुलिसले कुनै पुरानो वा आपसी झगडाका कारण युवकमाथि गोली चलाएको हुन सक्ने आशंका व्यक्त गरेको छ। पुलिसले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement