घुसपैठको आरोपमा बांग्लादेशी पक्राउ

IMG-20230528-WA0320-5-300x172-6

कोचबिहारः कोचबिहार जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रण्टियरको जलपाइगढी सेक्टश्र अन्तर्गत ६ वी बटालियन बीएसएफको बोर्डर आउट पोस्ट अमरका सीमा पुलिसहरूले एक बांग्लादेशी नागरिकलाई अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा पक्राउ गरेको छ।

पक्रा पर्ने बांग्लादेशी नागरिकको नाम शाहरूल मोहम्मद हो। ३४ वर्षीय मोहम्मद बांग्लादेशको जिल्ला गाइबांधा निवासी हुन्। बीएसएफले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको छ। जानकारी अनुसार, शाहरूल मोहम्मदलाई अमर मोड छेउमा त्यस समय पक्राउ गरियो जब उनी अवैध रूपमा बांग्लादेशबाट भारतमा प्रवेश गरिरहेको थियो। उसको एउटा मोबाइल फोन र १०० रूपियॉं जफत गरिएको छ। उसले नोकरीको खोजीमा गुजरात गइरहेको बताएका छन्। उसलाई कुचलीबारी पुलिस थानामा सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement