राज्यका पाँच जना सारेगामापा लिटल च्याम्प २०२२-को निम्ति छनौट

गान्तोक: राज्यका नव प्रतिभाहरूले उचित मञ्च पावोस् भन्ने लक्ष्य राखेर हाम्रो वार्ता टेलिविजनद्वारा शुरु गरिएको सिक्किम आइडलको पहिलो सिजनले नै उल्लेख्य सफलता हासिल गरेको छ। सिक्किम आइडल सिजन एक जुनियर वर्गका शीर्ष ३ फाइनलिस्टहरू राष्ट्रिय स्तरको सिङ्गिङ शो सारेगामापा लिटल च्याम्प २०२२-को सिलगड़ीमा आयोजित छनौट चरणमा चयन भएका छन्। जानकारी गराइन्छ, सिक्किम आइडल सिजन एक जुनियर वर्गमा पाकिमका जेत्सन डोना लामा विजेता बनेकी थिइन् भने ताथाङचेन निवासी हिस्से जाङ्पो गुरुङ पहिलो उप-विजेता अनि नामथाङ रातेपानी निवासी भाविन राई दोस्रो उपविजेता बनेका थिए। उनीहरू तीनैजना आज सारेगामापा लिटल च्याम्प २०२२-को सिलगड़ी अडिसनमा छनौट भएका छन्।

आजको सिलगड़ी अडिसनमा सिक्किमबाट मोठ पाँचजना छनौट भएका छन्। तीनजनावाहेक दुइजना ओजस्वी गुरुङ अनि अथर्व सुबेदी पनि सारेगामापा लिटल च्याम्पको निम्ति छनौट भएका छन्।

जानकारी गराइन्छ, राज्यका नव प्रतिभाहरूलाई उचित मञ्च प्रदान गर्ने उद्देश्यले हाम्रो वार्ता टेलिविजन अनि हाम्रो वार्ता नेपाली दैनिकद्वारा २०२१-देखि शुरु गरेको सिङगिङ रियालिटी शो सिक्किम आइडल कोरोनाको कारण जारी लकडाउनले गर्दा पहिलो सिजन हालै मात्र समाप्त भइसकेको छ। यसरी सिक्किम आइडलले गरेको पहलपछि देखापरेको यो उपलब्धिप्रति सिक्किम आइडलका प्रमुख संरक्षक जेकब खालिङले खुशी व्यक्त गरेका छन्। यी तीनैजना नानीहरूलाई आवश्यक सहयोगको निम्ति हाम्रो वार्ता टेलिविजन एवं सिक्किम आइडल आयोजन टोली सधैं तत्पर रहेको उनले वचन दिएका छन्। य़ोसँगै उनले ती नानीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement