टिस्टा भेल्ली मिनी पोस्ट फुटबल टुर्नामेन्ट: भिन्न-भिन्नै खेलमा पीवाईएसए रोङचोङ र मिक्सअप बोइज क्लब विजयी

IMG-20240119-WA0227.jpg

टिस्टा भेल्ली: टिस्टा भेल्ली बजार गाउँ शान्ति समाजका जागरूक युवाहरूद्वारा आयोजित मिनी पोस्ट फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार खेलिएको पहिलो चरणको रोमाञ्चक म्याचमा फुलबारी स्पोर्टिङ क्लबलाई २-१ गोलले पराजित गरेर पीवाईएसए रोङचोङ दोस्रो चरणमा गऱ्यो प्रवेश। उक्त खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्दै दर्शकवर्गको मन जित्न सफल बनेका विजय टोलीका प्रनित तामाङलाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर परितोषिक प्रदान गरियो।

यसैगरी, आजको दोस्रो म्याच मिक्सअप बोइज बनाम फुलबारी स्पोर्टिङ क्लब ‘बी’ माझ खेलाइयो, जसमा मिक्सअप बोइज २-१ गोलले विजयी बन्यो। उक्त खेलमा विजय टोलीका खेलाडी प्रशान्त तामाङलाई ‘म्यान अफ् द म्याच’ ट्रफी प्रदान गरियो। अर्कोतिर, अन्डर १५ फुटबल प्रतियोगिता अन्तर्गत टिस्टा भेल्ली बजार गाउँस्थित ज्ञानोदय एसएसके खेल मैदानमा खेलाइएको मिनी पोस्ट फुटबल म्याचमा आज तकदाह एफसी-लाई फराकिलो ७-२ गोलले पराजित गरेर पीवाईएसए रोङचोङ अघिल्लो चरणमा प्रवेश गरेको छ। उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टोलीलाई विजय बनाउने खेलाडी स्वरूप शर्मालाई ‘म्यान अफ् द म्याच’ छनौट गरेर आकर्षक पारितोषिक प्रदान गरियो। फुटबल प्रतियोगिताको आयोजक समिति सूत्रले दिएको जानकारी अनुसार युवाहरूलाई मादक पदार्थ तथा ड्रग्स जस्ता कुलतबाट टाढा राख्ने अनि स्कुलको विदाको समय हाल नानीहरूलाई मोबाइलको लतबाट टाढा राखेर खेलकुदमा प्रोत्साहित गर्ने उद्देश्य लिएर उक्त मिनी पोस्ट फुटबल प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगोगितामा विजयी टोलीलाई नगद ४० हजार लगायत आकर्षक ट्रफी अनि पराजित टोलीलाई नगद २० हजार सहित आकर्षक ट्रफी प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement