टीआरआई समाचार
काठमाडौ: गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ सार्वजनिक भएको छ। गीतमा रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण, एसडीकै मिक्सिङ तथा मास्टरिङ छ। भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन्।
सुवास तिमल्सिनाको मेकअप रहेको भिडियोमा सरोज र आश्माको कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायांकन, विजय अधिकारीको सह–निर्देशन, पेम्बा मगरको सह–कोरियोग्राफी तथा सरोज अधिकारीको कन्सेप्ट र निर्देशन छ।
यो भिडियोका प्रोडक्सन कन्ट्रोलर मिलन कटवाल हुन्। गीतको भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट २ प्रतिक्रिया छनोट गरि एक्सपर्ट टेलिकमको तर्फबाट दुईवटा स्मार्ट फोन उपहार दिइने निर्माणपक्षले बताएको छ। भिडियोमा यूवा यूवतीबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ। दर्शकले, यो भिडियोलाई गहन तरिकाले हेरेर प्रतिक्रिया दिनुपर्नेछ।