राष्ट्रपति द्रौपदी मुर्मूसँग राज्यपाल गंगा प्रसादको भेट

नयाँ दिल्ली: राज्यका राज्यपाल गंगा प्रसादले नयाँ दिल्लीमा देशका १५औं राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरे। सौहार्द्रपूर्ण भेट अवधि राज्यपाल गंगा प्रसादले राष्ट्रपति श्रीमती मुर्मूलाई पुष्पगुच्छ प्रदान गर्दै संविधानको सर्वोच्च पदमा आसिन भएकोमा सिक्किमेली जनसमुदायको पक्षबाट हार्दिक बधाई एवं शुभकामना दिए। उनले श्रीमती मुर्मूको सफल एवं फलदायी कार्यकालको निम्ति कामना गरे। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राज्यपाल गंगा प्रसादलाई धन्यवाद दिँदै संविधानको सर्वोच्च पदको गरिमालाई सधैं कायम राख्न आफू प्रतिबद्ध रहेको विश्वास दिलाइन्।

जानकारी गराइन्छ, सिक्किमका राज्यपाल गंगा प्रसादअघि मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रपति मुर्मूलाई शपथ लिन अगावै २२ जुलाईको दिन नयाँ दिल्लीमा पुगेर शुभकामना दिइसकेका छन्। राज्यको सांस्कृतिक टोलीको साथमा मुख्यमन्त्री तामाङले दिएको बधाई कार्यक्रमबाट त्यस समय श्रीमती मुर्मू प्रभावित बन्दै खुशी प्रकट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement