शिलाङ: केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले आज शिलाङको लाइटकोरस्थित असम राइफल्सको मुख्यालयको भ्रमण गरे। यस अवधि उनले असम राइफल्स मुख्यालयमा युद्ध स्मारकमा पुष्पाञ्जली अर्पित गरे।
उनले असम राइफल्सका जवानहरूको मनोबलको सराहना गरे। उनले भने, देशको सुरक्षाको निम्ति असम राइफल्सका बहादुर जवानहरूद्वारा गरिएको बलिदान अद्वितीय छ र राष्ट्र सदैव उनीहरूको बलिदानको ऋणी रहनेछ।
यस अवधि गृहमन्त्रीले असम राइफल्स मुख्यालयमा साइबर सुरक्षा संचालन केन्द्रको पनि उद्घाटन गरे, जुन बललाई साइबर हमलाहरूको खतरादेखि बचाउनमा सहायक सिद्ध हुनेछ। उल्लेख्य, गृहमन्त्री पूर्वोत्तरको तीन दिवसीय यात्रामा आएका छन्। यस अवधि उनले शिलाङ, तेजपुर तथा गुवाहाटीमा धेरै कार्यक्रमहरूमा भाग लिनेछऩ्।