राष्ट्रिय युवा जनचेतना दिवस कार्यक्रममा अस्सीको दशकका धावक विकास सुब्बा सम्मानित

IMG-20240119-WA0212.jpg

मिरिक: नेहरू युवा केन्द्र दार्जीलङद्वारा प्रायाेजित मिरिक मित्र संघद्वारा आयाेजित राष्ट्रिय युवा जनचेतना दिवस कार्यक्रम मित्र संघ भवन थर्बु चार नम्बर गाउँमा सम्पन्न भयाे। मिरिक मित्र संघका अध्यक्ष एलएम राईकाे अध्यक्षता एंव सचिव धिरज राईकाे सञ्चालनमा पालन गरिएकाे कार्यक्रममा विशिष्ट अतिथिहरू समाजिक कार्यकर्ता मनाेज शर्मा, शिक्षक ईमानसिंह सुब्बा, युवा सामाजिक कार्यकर्ता आलम राई, मिरिक नवज्योति संघका अध्यक्ष डीपी शर्मा, आशाकर्मी रिङ्कु गुरूङ, भूतपूर्व सैनिकहरू वसन्त शर्मा अनि मीकुमार तामाङ थिए। युवाहरूलाई विभिन्न सृजनात्मक कार्यमा प्रेरित गर्ने उद्देश्यले गरिएकाे कार्यक्रममा युवाहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा स्वामी विवेकानन्दले युवाहरूकाे लागि दिएकाे सन्देश पनि प्रवाह गरियाे। कार्यक्रममा संघका तीनजना ज्येष्ठ सदस्यहरू केबी राई, आरबी राई अनि शारदा राईलाई अङ्गवस्त्र, खदा अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियाे भने म्याराथनमा थर्बु चार नम्बर गाउँकाे नाम राेशन गर्ने अस्सीकाे दशकका असल धावक विकास सुब्बालाई सम्बर्ध्दना गरियाे। कार्यक्रममा धावक विकास सुब्बाकाे जीवनी प्रस्तुत गरियाे जसमा धावक विकास सुब्बा अस्सीकाे दशकका चर्चित धावक रहेकाे अनि उनले त्यस समय मिरिक, साैरेनी, खरसाङ, दार्जिलिङ, कालेबुङ, सिक्किम आदि ठाउँ मात्रै नभएर राज्य स्तरीय प्रतियोगिताहरूमा पनि धेरजस्ताे पहिलाे स्थानमा आएर मिरिककाे नै नाम राेशन गरेकाे बताइयाे।

धावक विकास सुब्बाकाेमा हाल पनि अस्सीकाे दशकमा उनले पाएका पुरस्कारहरू रहेकाे छ भने उनी युवा धावकहरूकाे लागि प्रेरणाकाे स्राेत पनि हुन्। उनलाई गाउँमा एक सामाजिक कार्यकर्ताकाे रूपले चिनिन्छ भने उनी अवकाशप्राप्त सैनिक पनि हुन्।उनकाे यही याेगदानकाे कदर गर्दै मिरिक मित्र संघले सम्बर्द्धना जनाएकाे हाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement