१७औं सुकना गोल्ड कप: सिक्किम पुलिसको वाधा पार गरी सुकना युनाइटेड क्वार्टर फाइनलमा

photocollage_202411919019603.jpg

१९ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले अझ एउटा रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको चौथो प्री-क्वार्टर फाइनल म्याचमा सुकना युनाइटेडले शक्तिशाली सिक्किम पुलिसलाई ३-२-ले पराजित गऱ्यो। नियमित ९० मिनटको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सुकना युनाइटेडबाट आर्यन छेत्री र सुमित सोरेनले गोल गरे। सिक्किम पुलिसबाट बक्सर प्रधान र पमा वांगचुक भूटियाले गोल गरे। मध्यान्तरसम्म सुकना युनाइटेड २ गोलले अघि रहेको थियो तर सिक्किम पुलिसले दशजना खेलाड़ीको साथ खेल्दै पनि दोस्रो हाफमा दुवै गोल सुलायो।

नियमित ९० मिनटको खेलमा स्कोर बराबरीमा रहेपछि ५-५ मिनटको दुई हाफमा अतिरिक्त समयको खेल भयो, जसको चौथो मिनटमा गोल गरी अयुष प्रधानले सुकना युनाइटेडलाई रोमाञ्चक जीत दिलाए। विजेता टीमका डिफेण्डर अमर ओरावँलाई प्लेयर अव् द म्याच चयन गरियो। आजको म्याचमा सिक्किम पुलिसका खेलाड़ी निमा शेर्पालाई पहिलो हाफको खेलमा रेड कार्ड देखाइयो। अब शनिवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा युनाइटेड खरसाङ एफसी र एनएमएससी शिलोंगबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। संशोधित कार्यक्रम अनुसार दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *