रम्फू: अलकेम ग्रुप का संस्थापक चेयरमैन स्व. समप्रदा सिंहको तेस्रो पुन्यथिथिको अवसरमा अलकेम हेल्थ साइंस समरदुंग र अलकेम कुम्रेक र लायंस क्लब अफ रम्फू गेट वे अफ सिक्किम को संयुक्त तत्वावधानमा एक दिवसीय रक्तदान शिविरको आयोजन गरियो| इकाईका उपाध्यक्ष रविन्द्र चकिलमद्वारा स्व. सिंहको तस्वीर अघि दीप प्रजवालन सहित आत्मशान्तिको निम्ति प्रार्थनासितै आरम्भ भएको रक्तदान शिविरमा अलकेम समर्दुंगमा सिलीगुड़ी तराई लायंस ब्लड बैंकको विशेष सहयोगले २४० यूनिट रक्त संग्रह गरियो भने अलकेम कुम्रेकमा नाम्ची जिल्ला अस्पताल ब्लड बेंकको सहयोगले ८० यूनिट रक्त संग्रह गरियो|

केम्पलाई सफल बनाउनमा अलकेम ग्रुपका सबै सदस्यहरुसहित लायंस क्लब अफ रंग्पो गेटवे अफ सिक्किमका अध्यक्ष लायन प्रमोद प्रसाद, सचिव लायन गौतम अगरवाल, ब्लड कन्वेनर लायन राकेश अग्रवाल, क्लब अड्मिनिस्ट्रेटर डाक्टर दीक्छा अग्रवाल, लायन सुरेश प्रसाद, लायन प्रविश लुनियासहित अन्य सदस्यहरुले पनि विशेष भूमिका निर्वाह गरे।