शहीद गोल्ड कप खरसाङ: पेनल्टी शुट आउटमा ब्राइट स्पोर्टिङ क्लब सिलगढी बिजय

photocollage_202411918556983.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र युवा मामिला तथा खेलकूद विभाग जीटीएको संयुक्त आयोजनामा खरसाङको चानबारी खेल मैदानमा भईरहेको ११औं संस्करणको शहीद गोल्ड कपको आज सम्पन्न खेलमा ब्राइट स्पेर्टिङ क्लब सिलगढीले टुंग युनाईटेड एफसीलाई पेनल्टीमा पराजित गरेको छ। गत १७ जनवरीदेखि शुरु भएको एघारौं संस्करणको शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेस्रो दिन आज ब्राइट स्पोर्टिङ क्लब सिलगढी र टुंग युनाईटेड एफसीमाझ खेल सम्पन्न भएको थियो। यस खेलमा निर्धारित समयसम्म दुवै दलले १-१ गोल गरेको थियो। खेल बराबरमा समाप्त भएपछि अतिरिक्त खेल खेलाइएको थियो। अतिरिक्त समयमा पनि १-१ गोलमा बराबर रहेपछि पेनल्टी शुट आउट भएको थियो जसमा ब्राइट स्पोर्टिङ क्लब सिलगढीले ५ र टुंग युनाईटेड एफसीले ४ गोल मात्र गर्न सक्षम भएको थियो। अन्त्यमा ब्राइट स्पोर्टिङ क्लबले टुंग युनाईटेड एफसीलाई ६-५ को अन्तरले पराजित गरेको छ।

यस खेलमा टुंग युनाईटेड एफसीको गोल किपर सबिन विश्वकर्मलाई म्यान अफ् द म्याच प्रदान गरिएको छ। उनलाई केजीएचएसएको सभापति मोहन योञ्जनको बाहुलीबाट पुरस्कार प्रदान गरियो। आजको खेल विषयमा शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको संयोजक बिजय राईले विस्तृत रूपमा बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *