१२औँ स्थापना दिवसलाई लिएर एसकेएमको समीक्षा बैठक सम्पन्न

IMG-20240119-WA0195.jpg

गान्तोक। आगामी ४ फरवरीको दिन सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो स्थापना दिवस भव्य रूपमा पालन गर्ने भएको छ। कार्यक्रमको तयारीलाई लिएर दोस्रो समीक्षा बैठक आज पाक्योङ जिल्ला अन्तर्गत रम्फूस्थित पर्यटन सुविधा केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। आउँदो १२औँ स्थापना दिवसलाई सफल बनाउन सभामा छलफल गरियो भने विभिन्न मन्त्रीहरूको नेतृत्वमा टोलीको गठन गरेर जिम्मेवार हस्तान्तरण गर्ने काम पनि भयो। यसपालिको पार्टी स्थापना दिवस चुनावी सङ्घारमा भएकाले यसलाई सर्ववृहत रूपमा मनाउनुपर्ने निर्णयका साथ रम्फू मैदानलाई कार्यक्रम स्थलका रूपमा तय गरिएको छ।
आज सम्पन्न शीर्ष समन्वय बैठकलाई पार्टीका सेक्रेटरी जेनरल तथा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले अध्यक्षता गरेका थिए। अध्यक्ष उप्रेतीले यसपालिको स्थापना दिवसलाई सबैको समन्वयमा सफल बनाउनुपर्ने विचार राख्दै सबै कार्यकर्ताले अघि आएर समान दायित्व निर्वाह गर्न आग्र गरे। कार्यक्रममा उपस्थित शीर्ष व्यक्तित्वहरूले आआफ्नो विचार, अवधाणा साझा गर्दै विभिन्न सल्लाह अनि सुझाव पनि दिए। बैठकमा मन्त्रीहरू कुङ्गा निमा लेप्चा, एलबी दास, लोकनाथ शर्मा, एमएन शेर्पा, कर्म लोडे भूटिया, सञ्जित खरेल, विष्णुकुमार खतिवड़ा, विधायक सुनिता गजमेर, जीटी ढुङ्ग्याल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, एसकेएम पार्टी युवा अनि नारी अध्यक्ष लाक्पा मोक्तान, कला राई, युवा साङ्गठनिक महासचिव पवित्र मानभ, पार्टी मुख्यालय उपाध्यक्ष उत्तम लेप्चा, युवा संयोजक सहदेव शर्मा, सल्लाहकारगण, नारी महासचिव पूजा शर्मा, साङ्गठनिक महासचिव कर्मा सुब्बा, अध्यक्ष-उपाध्यक्षहरू, नगर पञ्चायतगण, जिल्ला अध्यक्ष, विभिन्न समष्टिका सीएलसी सभापति तथा शीर्ष कार्यकर्ता, फ्रन्टल अर्गनाइजेसनका प्रमुखगण लगायत अन्यको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *