जीटीएको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानद्वारा सुकना खण्ड स्वस्थ्य केन्द्रको निरीक्षण अनि सभा

IMG-20240119-WA0191.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सुकना ब्लक प्राइमेरी हेल्थ सेन्टरमा जीटीएको मातृ अनि शिशु कल्याण विभागको कार्यकारी सभासद एंव पंखाबारी अम्बटे लंगभ्यू समष्टिका सभासद तथा सुकुना ब्लक प्राइमेरी हेल्थ सेन्टर स्वास्थ्य विभाग प्रभारी कल्पना प्रधानको बिशेष उपस्थितिमा बीएमएचओ, डाक्टर, नर्सहरू अनि कर्मचारीहरुलाई लिएर सभा आयोजन गरियो। सभाको प्रमुख विषय यस अस्पताललाई अझै राम्रो तरिकाले अघि बढाउने ताकि यहाँ आउने बिमारीहरूलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले सभा राखिएको हो अनि सभामा अस्पतालले भोग्नु परिरहेको समस्या साथै डाक्टर, नर्स अनि कर्मचारीहरुको गुनासो थियो त्यसलाई आउने दिनहरुमा जीटीएको तर्फबाट समाधान गरिदिने अनि जीटीए चिफ् अनित थापा अनि स्वस्थ्य विभागको भारप्राप्त कार्यकारी सभासद अरुण सिंग्चीलाई पनि अवगत गराउने वचन कार्यकारिणी सभासद कल्पना प्रधानले दिएकी छन्।

सभामा सुकना पानीघट्टा समष्टि एमओडी सभासद परेस तिर्खी, सन्त मेरिज-३ का पञ्चायत सदस्यहरु, घैयाबारी ३ ग्राम पञ्चायत प्रधान, उप प्रधान, सुकना ग्राम पञ्चायतका पञ्चायत प्रधान, उप प्रधान साथै सदस्यहरु, शिवखोला ग्राम पञ्चायतका पञ्चायत प्रधान र मकैबारी पञ्चायत समिति सदस्य उपस्थित रहेका थिए।

यसावधि सभासद कल्पना प्रधानले अस्पतालको पनि भ्रमण गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement