उत्तर दिनाजपुर। आईसीडीएस सहायिका सहित अन्य कर्मीहरुलाई सरकारी कर्मचारी सरह स्थायीकरण गर्नु पर्ने माग सहित ११ बुँदे दाबी लिएर सारा बांगला आँगनबाडी एवम् सहायक कर्मचारी संघको पक्षबाट इस्लामपुरका सीडीपीओ समक्ष एउटा ज्ञापन सुम्पिएको जानकारी प्राप्त भएको छ।

शुक्रबार अपरान्ह समय आँगनबाडी कर्मचारी संघले इस्लामपुर बस टर्मिनलदेखि जुलूस निकालेको थियो।
आँगनबाडी कर्मचारीहरुलाई शीघ्र स्थायी गरिनु पर्ने दाबी इस्लामपुरका सीडीपीओ समक्ष सुम्पिएको संघका कर्मचारीहरुले जनाएका छन्।