तृणमूल कंग्रेसले लोकसभा चुनावमा ४२ मध्ये सबै ४२ सिट जित्ने मन्त्री चन्द्रिमा भट्टाचार्यको दाबी

IMG-20240119-WA0178.jpg

सिलगढी। आगामी लोकसभा चुनाउमा तृणमूल कंग्रेसले बंगालका ४२ सिटमध्ये सबै ४२ सिट जित्नेछ। आमबारी संघले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा तृणमूल कंग्रेस महिला अध्यक्ष तथा राज्यमन्त्री चन्द्रिमा भट्टाचार्यले उक्त कुरा भनेकी हुन्।
शुक्रबार जलपाईगढी महिला तृणमूल कंग्रेसले राजगञ्जको आमबारी परिसरमा सपथ ग्रहण सभा आयोजना गरेको थियो। राज्य महिला तृणमूल अध्यक्ष तथा राज्य मन्त्री चन्द्रिमा भट्टाचार्य, जलपाईगुडी जिल्ला तृणमूल कंग्रेस अध्यक्ष महुवा गोप, जिल्ला अध्यक्ष नूरजहाँ बेगम, आदिवासी कल्याण विभाग मन्त्री बुलु‌ चीक बडाइक, राजगञ्ज विधायक खगेश्वर राय, धुपगुड़ी विधायक निर्मल चन्द्र राय र राज्यका अन्य नेताहरू उपस्थित थिए। बैठकलाई सम्बोधन गर्दै चन्द्रिमा भट्टाचार्यले भनिन्, “तृणमूल कंग्रेसले २०२४ को लोकसभा चुनाउमा बंगालबाट सबै ४२ सिट पाउनेछ, किनभने राज्यका जनता हामीसँग छन्। बंगालका आमा-बहिनीहरूले पहिले नै आफ्ना छोरीहरू चाहन्छन् भनेर भनिरहेका छन्। हामी महिलाको भोटले मात्र जित्नेछौं।” तृणमूलले बंगालका सबै ४२ सिट कब्जा गर्ने यसमा कुनै दुविधा नरहेको मन्त्री चन्द्रिमा भट्टाचार्यले थपेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement