कोचबिहारः कोचबिहार पुण्डीबारी थानाले फेरि ठूलो सफलता हात पारेको छ। पुलिसले एकजना युवकको साथबाट २३ थान ल्यापटप, ६ वटा ट्याब्लेट, १० थान मोबाइल र अन्य सामान बरामद गरेको छ। यी सबै सामान चोरी भएको अनुमान गरिएको छ।
कोचबिहारमा पत्रकार सम्मेलनमा पुलिस अधीक्षकले भने, कोचबिहार पुण्डीबारी थानाको पुलिसले फेरि ठूलो सफलता हात पारेको छ। गएराति गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा पुलिसले कोचबिहारको पुण्डीबारी थाना अन्तर्गत बारा रंगरस क्षेत्रबाट सञ्जय दास नामका एक युवकलाई पक्राउ गरी खोजी गर्दा २३ थान ल्यापटप, ६ वटा ट्याब्लेट, १० थान मोबाइल फोन र अन्य सामान बरामद गरेको हो। उनको साथबाट बरामद गरिएको थियो। पुलिसले यस विषयमा सम्पूर्ण अनुसन्धान थालेको छ।