सिलगढीः माध्यमिक र उच्च माध्यमिक परीक्षाको समय परिवर्तन भएको छ। यसैलाई लिएर प्रदेशका विपक्षी दलका नेता शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीसहित माध्यमिक तथा उच्च माध्यमिक शिक्षा परिषद् र उच्च शिक्षा परिषदमाथि कडा प्रहार गरेका छन्। परीक्षा आउन अब १० दिन मात्र बाँकी रहेकाले राज्यभर कुहिरो र चिसो बढेको उनले बताए। दुवै माध्यमिक परीक्षा बिहान ९ः४५ बजेबाट शुरु हुने भएकाले विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले यसका लागि परिषद्को सट्टा प्रदेशका मुख्यमन्त्रीलाई दोष दिए। शुक्रबार सुभेन्दु अधिकारी कोलकाताबाट हवाई मार्गबाट बागडोग्रा विमानस्थल पुगेका थिए। त्यहाँबाट उनी पार्टीको कार्यक्रममा सहभागी हुन सडक हुँदै कोचबिहारको मेखलीगञ्जतर्फ प्रस्थान गरेका थिए। यसअघि उनले विमानस्थलमा पत्रकारसँग भेटेर माध्यमिक र उच्च माध्यमिक परीक्षाको समय बढाउन बोर्डको निर्णयप्रति आक्रोश व्यक्त गरेका थिए। उनले राम मन्दिर उद्घाटनको दिन राज्यमा मुख्यमन्त्रीको ऐक्यबद्धता मार्चमा पनि चर्को आलोचना गरे।