पञ्चायतका सदस्यहरू गाउँका चौकीदार हुन्: अनित थापा

IMG-20240119-WA0168.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिकाे तत्वावधानमा खरसाङ अनि मिरिक ब्लकका निर्वाचित पञ्चायत सदस्यहरू अनि सभासदहरुलाई लिएर खरसाङमा एउटा बैठक आयोजना गरियो। उक्त सभा खरसाङको नयाँ बजारस्थित सामाजिक भवनमा सम्पन्न भयो। उक्त सभालाई सम्बोधन गर्दै भागोप्रमो अध्यक्ष एंव जीटीए प्रमुख अनित थापाले भने, “हामीले धेरै कष्ट अनि संघर्ष गरेर ल्याएको पञ्चायती व्यवस्था हो। मैले हारहरूको वेदना खपेर तपाईहरुलाई जीतको हार पहिराई दिएको छु। पञ्चायतका सदस्यहरू सरकारको प्रमाण पत्र प्राप्त नेताहरु हुन्। हामी विकासको सिस्टम स्थापना गर्ने प्रक्रियामा पसिसकेको पार्टी हौं। गाउँ घरमा पार्टीको प्रतिनिधि तपाई हुनुहुन्छ। तपाईहरू गाउँ घरमा हुने विकासको कामको चौकीदार हुनुहुन्छ। हिजोको दिनमा जनताले पार्टीको काम अनि सोच देखेर भोट हाल्थे तर भोलिको चुनाव पञ्चायतको कार्य अनि उपलब्धि देखेर भोट हाल्नेछन्। पञ्चायत सदस्यको अनुहार बीजीपीएम पार्टीको अनुहार बनाउनु होस्। हाम्रो भोट प्रतिशत बढ्छ कि घट्छ त्यो तपाईंको कार्यमाथि निर्भर गर्नेछ।”
त्यसरी नै पार्टी महासचिव अमर लामाले पञ्चायत सदस्यहरुलाई उत्साह दिँदै भने, “अनित थापाको राजनैतिक इच्छा शक्तिको कारण आज २० वर्ष पश्चात गाउँको विकास आफै गर्ने अधिकार तपाईहरुको हातमा दिएका छन्।
पञ्चायती व्यवस्था चाहिँ होमियोप्याथि उपचार हो। ग्रामीण विकासमा लागेको रोगलाई पञ्चायत व्यवस्थाले जडदेखि नै निको पार्नु सक्नेछ। भाजपाको भाषामा भन्ने हो भने जीटीए क्षेत्रमा डबल इञ्जिनको सरकार छ।”
आजको सभा डाक्नुको मुख्य उद्देश्य पञ्चायतका निर्वाचित सदस्यहरूसँग भेटघाट गर्नु अनि उनीहरूलाई दिशा निर्देश दिनु रहेको बताउँदै केन्द्रीय सांगठनिक सचिव रतन थापाले भने, “पञ्चायत व्यवस्था हामीले फर्काएर ल्यायौं। चुनाव पनि जित्यौं। यतिमा मात्र हाम्रो काम सीमित हुँदैन। अब हरेक पञ्चायत सदस्यको जिम्मेवारी बढेर गएको छ। जनताको आकांक्षा अनि हाम्रो वचन पूरा गर्न जिम्मेवारी लिएर काम गर्ने समय आएको छ।”
खरसाङ पञ्चायत समिति अधीनस्थ १४ वटामा १४ वटै ग्राम पञ्चायत अनि मिरिक पञ्चायत समिति अधिनस्थ 6 वटा मध्ये ५वटा ग्राम पञ्चायतमा बीजीपीएमले बोर्ड गठन गरेका छन्। खरसाङ पञ्चायत समितिमा पनि बीजीपीएमले बोर्ड गठन गरेको छ। १५८ जना बीजीपीएम पक्षका जनप्रतिनिधिहरूले मिरिक अनि खरसाङ ब्लकमा जनताको सेवा गरिरहेका छन्।
सुवास प्रधानको सभाध्यक्षतामा सभा सम्पन्न भयो भने सभालाई प्रणाम रसाइलीले सञ्चालन गरेका थिए। पार्टीका महासचिव अमर लामाको विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement