सिलगढी महानगरपालिकाको वार्ड नम्बर २६ मा शुरु भयाे वार्ड पर्व “मैत्री २०२४”

IMG-20240119-WA0141.jpg

सिलगढी: सिलगढी नगरपालिकाको वार्ड नम्बर २६ मा शुक्रबार वार्ड उत्सव “मैत्री २०२४” को उद्घाटन गरिएको थियो। वार्ड महोत्सवमा भव्य र्‍याली निकालिएको थियो। वार्डका नागरिकबीच एकता र मित्रता कायम राख्न महानगरपालिकाले ‘मैत्री २०२४’ वार्ड महोत्सव शुरु गरेको छ।
यो पर्वमा जात, धर्म सबैको सहभागिता रहेको वार्ड पार्षदले बताए। विगत केही वर्षदेखि यो पर्वलाई वार्डका बासिन्दाले सफल पार्दै आएका छन्। त्यसैले यसको नाम मैत्री राखिएको हो।महानगरपालिकाको वार्ड नम्बर २६ मा ‘मैत्री २०२४’ वार्ड महोत्सवको उपमेयर रञ्जन सरकारले उद्घाटन गरे।

एमआईसी माणिक दे, २१ वार्ड पार्षद कुन्तल राई, वार्ड पार्षद सिक्ता दे बासु राई लगायतको उपस्थिति रहेको थियो।वार्ड महोत्सवमा भव्य र्‍याली निकालिएको थियो। विभिन्न भेषभुषा लगाएर ठूलो संख्यामा वार्डबासीहरुको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement