जलपाइगढीः छुट्टै राज्यको माग गर्दै कामतापुर प्रगतिशील पार्टी (केपीपी) संयुक्त र विद्यार्थी संगठनले मैनागढीको बेतगडा स्टेशनमा रेल रोको शुरू गरेका छन्। विगत चार घण्टादेखि रेल आवागमन ठप्प हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ। मैनागढी बेतगडा स्टेशनमा वन्दे भारत एक्सप्रेस बिहान ६ः५८ बजेदेखि नै उभिएको छ। यसैबीच, केही यात्रुहरू रेलबाट तल झरेको देखियो।











