विण्टर फूटबल कोचिंग क्याम्प सम्पन्न

IMG-20240119-WA0099.jpg

१९ जनवरीः युनाइटेड दिलाराम फूटबल क्लब, खरसाङको आयोजनमा भएको विण्टर फूटबल कोचिंग क्याम्प बिहीवार (१८ जनवरी) सम्पन्न भयो। दिलाराम ग्राउण्डमा गत २ जनवरीदेखि शुरु भएको यस फ्री फूटबल कोचिंग क्याम्पमा अण्डर-१४ आयु वर्गमा ८० जनाभन्दा अधिक युवा खेलाड़ीहरूले हिस्सा लिएका थिए। अन्तिम दिन युनाइटेड दिलाराम फूटबल एकाडमी र हिल्स फूटबल एकाडमीको अण्डर-१४ टीमबीच मैत्री म्याच पनि खेलियो। समापन समारोहमा सभासद नवराज छेत्री (एमओडी, युवा मामिला एवम् खेलकुद विभाग, जीटीए) मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी विशिष्ट अतिथिको रूपमा सभासद नूरी शेर्पा र हिल्स फूटबल एकाडमीका कर्णधार तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङको उपस्थिति रहेको थियो। फूटबल कोचिंग क्याम्पमा हिस्सा लिने सबै खेलाड़ीहरूलाई मेडल अनि प्रमाणपत्र प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *