गोरुबथान: आज सत्ताइस जुलाई, शहीद दिवस। अलिशा मेमोरियल स्कुल नीम ग्राम पन्चायत समाबियोङ चियाबारीमा स्थित छ। आज यसै स्कुलमा शहिद दिवस पालन गरियो। विद्यालयका विभिन्न सदनका नानीहरूद्वारा नृत्य,गायनको प्रस्तुति पनि गरियो। यस कार्यक्रमका मुख्य अथितिको रूपमा रामचन्द्र सुनुवार (भूतपुर्व सैनिक) अनि विशेष अतिथिको रुपमा रञ्जन शाह अनि सुमन छेत्री रहेका थिए।

उद्घोषक केल्भिन रसाइलीले गरेका थिए। विशेषगरि २०१७ सालको १४ जुलाई को दिन गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुती दिएर शहीद बन्न पुगेका पुरण गुरुङलाई श्रद्धान्जली अर्पण गर्दै शहीदको फोटो अघि मुख्य अतिथिद्वारा द्वीप प्रज्वलन गरियो। शहिद पुरन गुरुङको आत्माले शान्ति हेतु सम्पूर्ण स्कूलका विद्यार्थी लगायत शिक्षक शिक्षिका,अभिभावकहरू अनि उपस्थित अतिथिद्वारा एक मिनटको मौन धारण गरियो। कार्यक्रममा स्कूल पक्ष साथै स्कूल सन्चालन समितिद्वारा शहीद पुरन गुरुङको परिवारलाई सम्बर्द्धन पनि जनाइयो।

आजको अन्तर सदन नृत्य,गायन प्रतियोगितामा विद्यार्थी नानीहरूद्वारा एकदमै राम्रो प्रस्तुति दिए। कार्यक्रममा प्रथम स्थानमा ग्रीन हाउस, दोश्रो स्थानमा यल्लो हाउस, तेश्रोमा स्थानमा ब्लू हाउस अनि चौथौ स्थानमा रेड हाउस बनेको छन्। अलिशा मेमोरियल स्कूलले नानीहरूलाई किताबी ज्ञानको साथमा अरु क्रियाकलापहरु थुप्रै गर्दै आइरहेको नानीहरूलाई एड्भान्स बनाएको हामीले देखिरहेको छौ भनि आजको मुख्य अतिथि रामचन्द्र सुनुवारले आफ्नो समभाषणमा बताए। आउने दिनहरुमा यस्ता थुप्रै कार्यक्रमहरू स्कूलले गर्दै जाउन यसमा मेरो तर्फबाट सधैं सहयोग रहने छ भनि बताए।