रेलिंग च्याम्पियन्स ट्रफीःआयुष फूटबल क्लब सेमिफाइनलमा

IMG-20240118-WA0237.jpg

१८ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा आयुष फूटबल क्लब, सुकनाले शुरुमै दुई गोल खाए पनि असाधारण पुनरागमनको साथ जीत दर्ता गरी सेमिफाइनलमा स्थान बनायो। बिहीवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा आयुष फूटबल क्लबले कमल एण्ड कम्पनी (रिम्बिक लोधोमा समष्टि)-लाई ४-२-ले पराजित गऱ्यो।

विजेता टीमबाट राम राईले २ गोल गरे। यसबाहेक सुमन लेप्चा र अभिषेक लिम्बुले पनि १-१ गोल गरे। राम राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *