सिटिज़न एक्सन पार्टीको महिला परिषदले गऱ्यो मुख्यमन्त्री पीएस गोलेको आलोचना

Screenshot_20240118_232655_Photos.jpg

गान्तोक: सिटिज़न एक्सन पार्टीको महिला परिषदले डाकेको पत्रकार सम्मेलनमा महिला प्रवक्ता फुरी शेर्पाले बिहीबार एसकेएम सरकारले साधारण जनतालाई र सरकारी कर्मचारीहरुलाई धम्क्याउने काम गरेको तर उत्तर सिक्किमदेखि रम्फुसम्मको बाढ पीडितहरुको समस्या समाधान नगरेको आरोप लगाएका छन्।
पत्रकारहरुलाई सम्बोधन गर्दै सिटिज़न एक्सन पार्टीको महिला परिषद नेतृले बाढ पीडितहरुलाई १ लाख ३० हजार मात्र दिएर नहुने घर निर्माण गर्न सरकारी सहयोग गर्नु पर्ने र केवल भोटको राजनीति मात्र नगर्ने सुझाव दिएकी छन्।
सरकारी कर्मचारीहरुमा असमएान वेतन मान रहेको र अधिकारीहरु वेतन बढाएर अझै माथि लैजाने र तल्लो दर्जाको सरकारी कर्मचारी औ चालकहरुलाई वेतन केवल १० हजार १५ हजारमा सीमित राखेको र अन्य दलमा जानेहरुलाई भोटपछि ठीक पार्ने धम्की मुख्य्मन्त्रीले दिएकोले २०२४ को परिणामले मुख्यमन्त्री पीएस गोलेले पाठ सिक्ने बताइन।
जनताले पी.एस. गोलेलाई जनताको सेवा गर्न तथा जनहितका कार्यहरू अघि सार्न मुख्य मन्त्री बनाएको तर रजनैतिक अनि व्यक्तिगत फाइदा उठाउन होईन भन्दै पार्टीकी प्रवक्ता फूरी शेर्पाले एस.के.एम. सरकारले अस्थायी सरकारी कर्मचारीहरूलाई धम्काउने गरेको आरोप लगाएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *