अष्ट्रेलियन ओपनःदोस्रो राउण्डमा हारे सुमित नागल

IMG-20240118-WA0227.jpg

मेलबर्न, १८ जनवरीः अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्ट २०२४-मा भारतका स्टार टेनिस खेलाड़ी सुमित नागलको अभियान समाप्त भयो। उनले दोस्रो राउण्डमा चीनका खेलाड़ी जुनचेंग शांग विरुद्ध हारको सामना गर्नु पऱ्यो। टुर्नामेण्टको पहिलो राउण्डमा यादगार जीत दर्ता गर्ने नागलले असल शुरुवातपछि हारको सामना गर्नु पऱ्यो। वाइल्डकार्डको माध्यमले टुर्नामेण्टमा स्थान बनाउने १८ वर्षीय चीनका खेलाड़ीले ढिलो लय हासिल गरे पनि २-६, ६-३, ७-५, ६-४-ले जीत हासिल गरे। शांगले तेस्रो सेटपछि असाधारण सर्विस गरे अनि पहिलो सेट गुमाएपनि म्याच जिते। दुई घण्टा ५० मिनटसम्म चलेको म्याचमा नागललाई थकित पनि देखियो। उनले असाधारण यादहरूका साथ मेलबर्न पार्कबाट बाहिर निस्किए। उनले क्वालीफायरको माध्यमले मुख्य ड्र-मा स्थान बनाए अनि विश्वका २७औं नम्बरका खेलाड़ी अलेक्जेण्डर बुबलिक विरुद्ध यादगार जीत हासिल गरे। दोस्रो राउण्डमा बाहिर भए पनि हरियाणाको झज्जरका २६ वर्षीय नागललाई १८०,००० अष्ट्रेलियन डलरको पुरस्कार प्राप्त हुनेछ, जुन उनका प्रयासहरूको निम्ति ठूलो ईनाम हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *