सिलगढी: आज वार्ड नम्बर ३९ अन्तर्गत हैदरपाड़ा स्पोर्टिङ क्लबमा एउटा शिविरको आयोजना गरेर व्यवसायीहरूलाई निःशुल्क कोरोना बुस्टर डोज-को खोप दिइयो। उक्त डोजको व्यवस्था सिलगढी बृहत्तर खुद्रा व्यवसायी समिति अनि सिलगढी नगर निगमको तर्फबाट गरिएको थियो। शिविरमा आज मोठ ५ सय जना मानिसहरूलाई कोरोना बुस्टर डोज लगाइयो। यस अवसरमा सिलगढी हैदरपाड़ा व्यवसायी समितिका सचिव निमाई पालले भने, अब केही दिन पछि नै दुर्गा पूजा शुरू हुनेछ। यसैले गर्दा बुस्टर डोज-को खोपले संक्रमित हुने कम्ति सम्भावना रहने छ। हैदरपाड़ा व्यवसायी समितिका सदस्यहरू वाहेक अन्य मानिसहरूलाई पनि यस शिविरमा बुस्टर डोज दिइयो।