सीबीआईले कोर्टमा भऩ्यो- सीटको सदस्यको नाम तय गर्न केही समय चाहियो

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः संदेशखालीमा ईडीमाथि भएको हमला मामिलामा कलकत्ता हाईकोर्टले एक सीट गठन गरी जाँचको आदेश दिएको छ। सीबीआई र राज्य पुलिलाई लिएर एक एसआइटी वा विशेष जाँच दलको गठन गरिनेछ। तर केन्द्रिय एजेन्सीले अहिलेसम्म त्यस सीटको मुखिया को हुनेछ, यो घोषणा गरेको छैन। उसले बिहिवार कोर्टसित थप केही समय मागेको छ।

कोर्टले भऩ्यो, संदेशखाली काण्डको जाँचको निम्ति गठन हुने सीटको नेतृत्व सीबीआई र राज्य पुलिसको एसपी ऱ्याङ्कको एक-एक अधिकारीले गर्नेछन्। बुधवार राज्यको तर्फबाट कोर्टमा अधिकारीको नाम बताइयो। केन्द्रिय एजेन्सीलाई बिहिवार उक्त अधिकारीको नामको घोषणा गर्नुथियो, जो सीबीआईको तर्फबाट यस पदको प्रमुख हुनेछ।

सीबीआईका उकीलले कोर्टलाई भने, उनले कोर्टको आदेश अनुसार दिल्लीस्थित मुख्यालयबाट सीटका मुख्य अधिकारीको नाम मागेको छ तर त्यहाँबाट अहिलेसम्म कुनै जवाफ आएको छैन। यसको जानकारी दिल्लीबाट दिइयो भने सीबीआईले कोर्टलाई एसपी ऱ्याङ्कको अधिकारीको नाम तब बताउनसक्छ। यसैले उसले यसको निम्ति थप समय माग्यो। कोर्टले अहिले यसको अनुमति दिएको छ। यद्यपि, छिटोभन्दा छिटो नाम तय गर्नु भनिएको छ।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *