सचिवालय जाने क्रममा अचानक बाटोमा रोकिइन् मुख्यमन्त्री ममता, सफाई कर्मीहरूबीच बाँड़िन् कम्बल

IMG-20230528-WA0320-5-300x172-6

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार राज्य सचिवालय नवान्न गएको समय बाटोमा रोकिएर सफाई कर्मीहरूबीच कम्बल बाँड़िन्। कठ्याङ्ग्रिने जाड़ो भएपनि सपाई कर्मीहरूको छुट्टी छैन र लगातार काम गर्ने यी क्रमचारीहरूको सराहना पनि गरेकी छन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले सोशल मीडियामा भनिन्, ती सफाईकर्मीहरूको जीवनले मलाई सोच्न बाध्य बनाउँछ। बिहिवार उनले कालीघाटस्थित आफ्नो घरबाट नवान्न गएको समय बाटोमा सफाईकर्मीहरूलाई कम्बल बाँड़िन्।

मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा लेखिन्, म आफ्नो पूरा क्षमताले सदैव सबैको पक्षमा खड़ा रहन प्रतिबद्ध छु। मेरो राज्यको कुनैपनि हिस्सामा, यदि एउटै व्यक्ति पनि पीड़ित छ भने यो मेरो निम्ति उत्तिनै पीड़ादायक हो। सार्वजनिक सेवाको निम्ति मैले आफ्नो पूरा जीवन दिएकी छु। यदि उनीहरू राम्रो छन् भने म पनि उनीहरूको निम्ति राम्रो बन्नेछु।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *