गुवाहाटीः राज्यका सूचना जनसम्पर्क, जल संसाधन आदि मामिलाहरूका मन्त्री पीयूष हजारिकाले कांग्रेस सांसद राहुल गान्धीसित आमगुरीमा ‘भारत जोड़ो न्याय यात्रा’ गर्ने साहस छैन, यसैले उनी त्यहाँबाट भागेको आरोप लगाएका छन्।
मन्त्री हजारिकाले भनिन्, कांग्रेसको महिला युवा नेत्रीले त्यहाँ न्यायको माग गरिरहेकी थिइन्, यसैको डरले राहुल गान्धी यात्रा नगरी नै त्यहाँबाट निस्के। राहुल गान्धीको स्वागतमा ढोल बचाउने तथा नाच्नेहरू खड़ा नै रहे तर राहुल गन्धीले स्वागत गर्ने अवसर नै दिएनन्। राहुल त्यहाँबाट हतार-हतार निस्के ताकि युवा कांग्रेसको न्यायबाट वञ्चित पूर्व अध्यक्षसित सामना नहोस्।
उनले आज यहाँ मीडियासित कुरा गरिरेहका थिए। उनले आरोप लगाए, कांग्रेसले कसैलाई न्याय दिन सक्दैन। आफ्नै दलकी महिलालाई न्याय नदिने कांग्रेस पार्टीका नेताद्वारा ‘भारत जोड़ो न्याय यात्रा’ निकालिनु हास्यास्पद हो। राहुल गान्धीमा सत्य र न्यायको सामना गर्ने साहस छैन। कांग्रेस पार्टीमा न्याय नामको कुनै चीज नै छैन।