निमती झोड़ा चियाबारीमा पुलिसद्वारा सचेतना कार्यक्रम

कालचिनी: निमती झोड़ा चियाबारीको मजदुर क्लबमा आज अलिपुरद्वार जिल्ला पुलिसको तत्परता औ कालचिनी थाना अन्तर्गत निमती आउटपोस्टको पहलमा मानव तस्करी विरुद्ध एउटा सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी निमती आउटपोस्टका प्रभारी एसआई अमित शर्माले दिएका छन्।
आज उक्त शिविरमा निमती आउटपोस्टका प्रभारी एसआई अमित शर्मा लगायत निमती झोड़ा चियाबारीको सिनियर एसिस्टेन्ट बिजय शर्मा, लोथाबारी ग्राम पञ्चायतका उपप्रधान गौरी ठाकुर समाजसेवी नबुल ठाकुर एवम् अन्यान्यको उपस्थिति रहेको थियो। शिविरमा मानव तस्करीमाथि मात्र नभएर साइबर काइम, ड्र्ग्स विरोधी सचेतना साथै ब्याङ्कको ठगी मामिलामाथि पुलिसले स्थानीय मानिसहरुलाई सचेतना गराएको थियो।
कम्युनिटी पुलिसिङ अन्तर्गत यो सचेतना कार्यक्रम विभिन्न चियाबारीहरुमा सम्पन्न भईरहेको र अझै धेरै ठाउँमा गर्ने क्रम जारी रहेको पुलिस सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement