अयोध्याको सात दिनको मौसमको हाल जान्न सकिने, मौसम विभागले लञ्च गऱ्यो छुट्टै पेज

nat-1

नयॉं दिल्लीः अयोध्यामा राम ललाको प्राण प्रतिष्ठा कार्यक्रम अवधि त्यहॉंको अधिकतम तापक्रम २२ डिग्री र न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस रहने सम्भावना छ। बिहिवार मौसम विभागले अयोध्याको मौसमको सठीक जानकारीको निम्ति एउटा छुट्टै पेज बनाएको छ। यसको मद्दतद्वारा मानिसहरूले सात दिनसम्मको मौसमको स्थितिको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन्।

मौसम विभागले अयोध्यामा विभागको नेटवर्क बिछाउने काम तीनदेखि चार महिला अघि शुरू गरेको थियो। यस अन्तर्गत महर्षि वाल्मीकि अन्तरराष्ट्रिय एयरपोर्टमा मौसम विभागको कार्यालय शुरू भएको छ। अयोध्यामा अटोमेटिक वेदर स्टेशन पनि लगाइएको छ, जसद्वारा त्यहॉंको मौसमको जानकारी मानिसहरूले प्राप्त गरिरहन सक्नेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement