राज्यपाल र राज्य सरकारमा फेरि बढ्यो गतिरोध, पीएससी सदस्यहरूको नियुक्तिमा विवाद

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राजभवन र राज्य सचिवालय नवान्नबीच विवाद थामिने नाम लिइऱहेछैन। यस पाली ”पश्चिम बंगाल लोक सेवा आयोग” (पीएससी) का अध्यक्ष र सदस्यहरूको नियुक्तिलाई लिएर गतिरोधको स्थिति उत्पन्न भएको छ। बिहिवार राजभवनबाट जारी एक संक्षिप्त बयानमा राज्य सरकारलाई शीघ्र नियुक्ति गर्ने निर्देश दिइय़ो।

राजभवन अनुसार, राज्यपाल सीवी आनन्द बोसले राज्य सरकारलाई छिटोभन्दा छिटो पीएसी अध्यक्ष र सदस्यहरूको नियुक्ति गर्ने निर्देश दिएका छन् किनभने राजभवनको ”शान्ति कक्ष” मा राज्यपाललाई शिकायतहरू सुम्पिएको जानकारी पाइएको छ। त्यस शिकायतमा भनिएको छ, पीएससीका अध्यक्ष र सदस्यहरूको नियुक्ति नहुँदा योग्य नौकरी चाहनेहरूले नौकरी पाइऱहेका छैनन्। यस्ता शिकायतहरू पाइएपछि राज्यपालले राज्यलाई यस सम्बन्धमा पहल गर्नलाई भने। राजभवनको बयान यो पनि उल्लेख गरिएको छ, पीएससीमा भर्तीमा ढिलाई भइरहेछ। यद्यपि, उनको यस पहलको सत्तारूढ़ा पार्टीले तृणमूलले आलोचना गरेको छ।

राज्यका वित्त मन्त्री चन्द्रिमाले भनिन्, शान्ति कक्षमा कहिलेदेखि पुनः शिकायतहरू दर्ता हुन थाल्यो ? वस्तुतः राज्यपालले यी सबै कुरा खबरहरूको आधारमा गरिरहेका छऩ्। यसैले कसैको सुझाउ वा निर्देशको आवश्यकता छैन। संयोगले गत साल पञ्चायत चुनाउमा राज्यका विभिन्न हिस्साहरूमा भएका आतङ्की घटनाहरूपछि राज्यपालले ऱाजभवनमा शान्ति कक्षको शुरूआत गरेका थिए।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *