सिलगढीः खोडीबारी प्रपुलिसले बस, अटो र टोटोमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। खोडीबारी पुलिसले गिरोहका दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका दुई महिलाको नाम जिया मण्डल र आरती देवी रहेका छन्। पुलिस स्रोतका अनुसार जनवरी १२ मा कोलकाताका एक दम्पतीले खोरिबाडी पुलिस स्टेशनमा चोरीको उजुरी दिएका थिए। उनीहरू कोलकाताबाट सिलगढी घुम्न आएको थिए। यही अवधिमा १२ जनवरी तारिख पानीटयाङ्की जाँदै गरेको बसबाट दम्पतीको झोलामा राखिएका सुनका गहना चोरी भएको थियो। त्यसपछि दम्पतीले घटनाबारे लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धान गर्दा खोडीबारी पुलिसले सीसीटीभी फुटेजबाट दुई महिलाको पहिचान गरेको थियो।
त्यसलगत्तै आज बिहान खोडिबारी पुलिसले दुवै महिलालाई पानीटयाङ्की बस स्टेसनबाट तत्काल पक्राउ गरेको थियो। दुवै महिलालाई आज खोडीबारी पुलिस थानाले सिलगढी अदालतमा पेश गरेको छ। घटनाको अनुसन्धानका लागि खोडीबारी पुलिस थानाले दुवै महिलालाई अदालतबाट म्याद थप गरी सोधपुछ गर्ने बताइएको छ। यहाँ अनुसन्धानका क्रममा पुलिसले यो गिरोह भएको थाहा पायो। काखमा बच्चा बोकेर भीडभाड हुने ठाउँमा सहयोग माग्न आफुलाई असहाय भन्दै त्यसपछि मौका हेरेर गोजी काट्छिन् र चोरी गर्छिन्।










