रालापमा सम्पन्न भयो एसकेएम पार्टीको समष्टीस्तरीय सभा

n575407278170559301600158e6dc98b58b9cd9ca00da40ed98cfda0e6157248f5a397ade762f7542d06353.jpg

डा. एमके शर्माले एसकेएम पार्टी छोड्दा पार्टीलाई कुनै हानि भएनः मन्त्री खतिवडा

गान्तोक: एसकेएम पार्टीको समष्टीस्तरीय सांगठनिक एवम् जनसभा सिङताम खाम्दोङ निर्वाचन अन्तर्गत रालापमा सम्पन्न भयो।

यस अवसरमा मुख्य अतिथिकोरूपमा मन्त्री विष्णु कुमार खतिवडा रहेका थिए भने विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री विष्णु कुमार खतिलडाले यस निर्वाचन क्षेत्रका जनतालाई आफूले कहिले नभुल्ने र आवश्यक परेको सबै प्रकारको सहयोग गर्ने आश्वासन पनि दिए। यस निर्वाचन क्षेत्रका विधायक डा. एमके शर्मा जस्तो धोका दिने विधायक कसैले पनि बनाउन नहुने आग्रह गरे।

यसरी मुख्यमन्त्री र जनतालाई धोका दिने विधायकमाथि कसैले पनि विश्वास र भरोसा गर्न नहुने सुझाउ दिए। विधायक शर्माले छोड्दा एसकेएम पार्टीलाई केही हानि नभएको पनि उनले दाबी गरे। अब यस निर्वाचन क्षेत्रबाट युवाहरू नै विधायक हुने पनि उनले सम्भावना व्यक्त गरे।

यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका राजनीतिक सचिव एवम् पार्टीका प्रवक्ता जेकब खालिङले यस निर्वाचन क्षेत्रका जनतालाई आमा योजनाअन्तर्गत एक हजार जनालाई चालिस हजार गरेर दुई किस्तामा प्रदान गरिने अवगत गराए। गत केही दिनअघि सम्पन्न भएको विधायक दलको बैठकमा मुख्यमन्त्री तामाङले नौकरीविहिन घरका एक सदस्यलाई नौकरी प्रदान गरिने निर्णय लिएको जानकारी गराए।

चालकहरूको निम्ति राज्य सरकार स्वयंले नै जीवन वीमा गरिदिने योजना रहेको पनि उनले बताए। वर्तमान सरकारले खाम्दोङमा नै एनआईटी निर्माण गर्ने पहल शुरू गरेको जानकारी गराउँदै पूर्व सरकारले यस निर्वाचन क्षेत्रमा एनआईटी ल्याउँछु भनेर दुई तीन पटकको चुनाउ जितेको पनि आरोप लगाए। यदि पूर्व सरकारको कार्यकालमा नै एनआईटी निर्माण गरेको भए अहिलेसम्म यस क्षेत्रको विकास चरम सिमामा पुग्ने थियो भनी उनले बताए।

त्यसबेला चामलिङले एनआईटी खाम्दोङमा निर्माण हुनुभन्दा बिहार लाने पनि सुझाउ दिएको खालिङले किटान गरे। अब यसको निर्माणपछि यस निर्वाचन क्षेत्रलाई देशले मात्र नभएर विदेशले पनि चिन्न सक्ने उनले बताए।

यस निर्वाचन क्षेत्रका विधायक आफ्नै कारणले पार्टी र सरकारबाट टाडिएको बताए। तर सरकारबाट टाडिएपछि विधायक शर्माले एउटा फुटपाथ पनि निर्माण गर्न नसकेको खालिङले ठोकुवा गरे। आगामी चुनाउमा एसकेएम पार्टीको उम्मेदवारलाई जिताएको खण्डमा यहाँ विकास दोब्बर गर्ने पार्टी साथै सरकारको लक्ष्य रहेको उनको भनाइ रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व विधायक एम प्रसाद शर्माले सरकारलाई धोका दिएको खण्डमा जनता र सरकार दुवैले छोड्ने बताए। यसर्थ जनता छोडेर जनप्रतिनिधि मैदान छोडेर भाग्न नहुने उनले सुझाउ दिए। अहिलेसम्म विभिन्न पार्टीले सरकार चलाए तापनि वर्तमान सरकारले जस्तो सिङताम खाम्दोङ निर्वाचन क्षेत्रलाई कसैले माया नगरेको उनले किटान गरे। वर्तमान सरकारले पञ्चायत चुनाउलाई पार्टीलेस गराएर ठूलो उदाहरण प्रस्तुत गरेको पनि उनले बताए।

यस अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकाल, खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराज, नारीशक्तिकी राज्य अध्यक्ष कला राई, पूर्व विधायक एम प्रसाद शर्मा लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement